लमजुङमा आगलागीमा परी महिलाको मृत्यु

काठमाडौं : लमजुङको सुन्दर बजार नगरपालिका–९ बुद्धटोलस्थित एक घरमा आगलागी हुँदा एकल महिलाको मृत्यु भएको छ। स्थानीय भरत थापाको घरमा भाडामा बस्ने दोर्दी गाउँपालिका-१ की ७० वर्षीया मिठी थापाको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजकिशोर शाहीका अनुसार बुधबार बिहान करिब ३ः३० बजे थापको घरमा आगो लागेको थियो प्रहरी र स्थानीयले कोठाको ढोका फोरेर उनको उद्धार गरेका थिए। जलेर गम्भीर घाइते भएकी उनको उपचारका क्रममा बेसीशहरस्थित प्रदेश अस्पतालमा मृत्यु भएको हो। थाहा खबर

TOP