९९ प्रतिशत जनसंख्यामा विद्युत्‌को पहुँच पुग्यो : अर्थमन्त्री पाैडेल

काठमाडौँ : अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ९९ प्रतिशत जनसंख्यामा विद्युत्‌को पहुँच पुगेको बताएका छन्।

आजको प्रतिनिधिसभामा आव २०८१।८२ को आर्थिक सर्वेक्षण पेस गर्दै वैकल्पिक ऊर्जासहित ९९ प्रतिशत जनसंख्यामा विद्युत्‌को पहुँच पुगेको बताएका हुन्।

उनले कुल जडित विद्युत् क्षमता ३६ सय २ मेगावाट पुगेको पनि जानकारी दिए।

सञ्चालनमा रहेको संस्थानहरूमध्ये २८ वटा नाफामा र १५ वटा घाटामा रहेको उनले जानकारी दिए। उनले भने, ‘२ वटा संस्थान भने बन्द रहेका छन्।’ थाहा खबर

TOP