बजेटमा लुम्बिनी प्रदेश : पुरानैलाई निरन्तरता, नयाँ योजना न्यून
बुटवल
सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को लागि ल्याएको बजेटमा लुम्बिनी प्रदेशभित्र परेका योजनाहरु अधिकांश पुरानै छन् । अधिकांश अधुरा बहुवर्षीय र सडकसँग सम्बन्धित योजनाहरूमा बजेटमा समेटिएका छन् तर नयाँ योजनाहरु न्यून छन् ।
लुम्बिनी उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको गृह प्रदेश पनि हो । उनले विगतमा जस्तो आफ्नो क्षेत्रमा धेरै योजना र बजेट विनियोजन गर्न यसपटक सकेनन् ।
पाल्पा र दाङमा पेट्रोलियम पदार्थ अन्वेषण, अर्घाखाँचीको पाणिनीमा ज्ञान उद्यान निर्माण, दुम्कीबास–बर्दघाट र शिवपुर–भालुवाङ सुरुङ मार्ग निर्माण लगायत नयाँ योजना बजेटमा समेटिका छन् भने बाँकी अधिकांश पुरानै छन् ।
सिद्धार्थ राजमार्गलाई डेडिकेटेड दुई लेनमा स्तरोन्नति, रुपन्देहीको सेमलारमा आधुनिक कृषि थोक बजारका लागि पूर्वाधार निर्माण, मोतिपुर औद्योगिक क्षेत्र, तिलोत्तमामा मेडिकल कलेज, भैरहवाको एकीकृत जाँच केन्द्र, वृहत्तर लुम्बिनी गुरुयोजना निर्माण, गौतमबुद्ध विमानस्थलमा कार्गो सुविधा, कालिगण्डकी तिनाउ डाइभर्सन, नौमुरे जलविद्युत आयोजना पुरानै योजना हुन् । यी सबै योजनालाई बजेटले सम्बोधन गरेको छ ।
विगतका बजेटमा उल्लेख हुँदै आएको तिनाउ नदीमा सिग्नेचर पुल र तिनाउ नदी कटान नियन्त्रणका लागि अघि बढाइएको तिनाउ कोरिडोर भने बजेटमा समेटिएनन् । वैखरी
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…



ghanashyam