राजावादी समूहले शुक्रबार माइतीघरमा प्रदर्शन गर्दै

काठमाडौं : राजसंस्था पुनर्स्थापनाको मागसहित बिहीबार (जेठ १५)देखि अनिश्चित कालीन आन्दोलन थालेका राजावादी समूहले शुक्रबार माइतीघरमा प्रदर्शन गर्दैछन्। संयुक्त जनआन्दोलन समितिको संयोजनमा हुने प्रदर्शनमा राप्रपा, राप्रपा नेपालसहितका अन्य राजावादी समूह सहभागी हुनेछन्।

दोस्रो दिनको आन्दोलन साढे १२ देखि सुरु हुने राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । उनका अनुसार माइतीघर, बबरमहल, बिजुली बजार क्षेत्रमा आज प्रदर्शन हुनेछ।

यसअघि बिहीबार राजधानीको शान्तिवाटिकामा प्रदर्शन गरेका थिए। उनीहरूले राजसंस्था र हिन्दुराष्ट्र पुनर्स्थापना, संघीयता खारेजी लगायतका माग अघि सार्दै अनिश्चितकालीन आन्दोलन सुरु गरेका हुन्। थाहा खबर

TOP