राजतन्त्र पक्षधरको आन्दोलनले काठमाडौँ प्रभावित
काठमाडौँ : राजसंस्था पुनःस्थापनाको मागसहित काठमाडौँमा भइरहेको ‘संयुक्त जनआन्दोलन’ले काठमाडौँको यातायात प्रभावित भएको छ।
उनीहरूले गरेको प्रदर्शनले बिजुलीबजार-बबरमहल खण्डको मुख्य सडक कब्जा गरेको छ।
आज पनि जारी आन्दोलनमा सहभागी राजतन्त्र पक्षधरले प्रदर्शन गर्दा उक्त सडकखण्ड कब्जा गरेका हुन्।
माइतीघरमा उपस्थित भएका राजतन्त्र पक्षधरले नयाँ बानेश्वरतर्फ आउने क्रममा बबरमहल बिजुलीबजारको मुख्य सडक कब्जा गरेका हुन्।
माइतीघरबाट बानेश्वरतर्फ जाने यात्रु घण्टौँसम्म जाममा फसेका छन्।
यातायात ठप्प भएपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सवारीसाधन अवरुद्ध नगर्न आग्रह गरेका छन्।
आन्दोलन नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समिति र राष्ट्रिय प्रजातन्त्र पार्टीले गरिरहेको छ। थाहा खबर
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam