प्रचण्डजी सम्पर्कमा आउनु भएन, उहाँहरूको ज्यादती सहेर अब संसद रोकिन्न : ओली
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले संसद संचालनबारे प्रमुख विपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग कुरा गर्न खोजे पनि उनले नचाहेको बताएका छन्।
एमाले अध्यक्षसमेत रहेका ओलीले सोमबार पार्टीको संसदीय दलको बैठकमा बोल्दै अब संसद नरोकिने बताए।
‘मैले संसद चलाउँ भनेर प्रचण्डजीसँग कुरा गर्न खोजेको उहाँ सम्पर्कमा आउन चाहनुभएको छैन। उहाँलाई थाहा नभएको होइन । उहाँलाई धेरैतिर बाट खोजी गर्दा पनि फेला पर्नुभएको छैन।’ ओलीले भने, ‘उहाँहरू कुरा नगर्ने संसद बन्द गर्ने मुडमा हुनुहुन्छ होला। म भन्न चाहन्छु यस्ता नचाहिने कुरामा संसद रोकेर देशको विकासको गतिलाई अवरुद्ध गर्ने, जनप्रतिनिधिलाई असफल बनाउने काम सहन सकिन्न।’
तथ्य प्रमाण केहीले पनि गृहमन्त्रीलाई नछोएको अवस्थामा उनको राजीनामा माग्नु औचित्यहीन भएको ओलीको तर्क छ।
‘एउटा कर्मचारीलाई अख्तियारले बोलाएर सोध्यो अरे भनेका भरमा के सोध्यो पनि थाहा छैन। बयान लिएको छैन। त्यस्तो अवस्थामा हामीलाई रिस उठेको छ गृहमन्त्री त्यही भएर राजीनामा गर्नुपर्यो भनेर हुन्छ?’ ओलीले सांसदहरूलाई निर्देशन दिँदै भने, ‘तपाईंहरु मेन्टलली तयार भएर बस्नुहोस् । अब संसद अवरोध हुन सक्दैन। उहाँहरूको ज्यादति अति भो अब जहिले पनि संसद अवरोध हुँदैन। उहाँहरू कराए पनि संसद अघि बढ्छ।’
प्रतिपक्षको गतिविधिले प्रतिगमनलाई फाइदा पुग्ने भन्दै ओलीले रचनात्मक भूमिका निर्वाह गर्न आग्रह पनि गरे।
संसदमा भोलि मंगलबारदेखि बजेटमाथि छलफल गर्ने तालिका निर्धारण गरिएको छ। थाहा खबर
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam