विश्व वातावरण दिवसको अवसरमा सामुदायिक सरसफाइ अभियान
विश्व वातावरण दिवस ५ जुन २०२५ को अवरमा नेपालगन्जमा वृहत् सामुदायिक सरसफाइ अभियान गरिएको छ । द कोकाकोला फाण्डेसनको आर्थिक सहयोगमा सञ्चालितग्रीन नेपालगन्ज: सामुदायिक फोहोर रूपान्तरण परियोजना अन्तर्गत बास नेपालको आयोजना, स्वच्छ सफा नेपालको प्राविधिक सहयोग तथा नेपालगन्ज उप–महानगरपालिकाको सहकार्यमा नेपालगन्ज उपमहानगरपालिका वडा नं. २ को मनिहारन टोलमा सरसफाइ अभियान सम्पन्न भएको हो ।
गाउँ, टोल र सहर सफा राख्दै समुदायबाट उत्पन्न भएको फोहोरलाई वर्गीकरण गरी पुन प्रयोगमा ल्याउन सकिने फोहरलाई पुन प्रयोग गर्ने तथा प्रयोगमा आउन नसक्ने फोहोरलाई व्यवस्थापन गर्ने उद्देश्यका साथ कार्यक्रम गरिएको बास नेपालका कार्यक्रम संयोजक मन भण्डारीले बताएका छन् ।
सरसफाइ अभियानमा बास नेपालका पदाधिकारी, कर्मचारी, स्वयंसेवकहरू, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपालगन्ज उप—महानगरपालिकाका सरसफाइ कर्मीहरू, स्थानीय सामुदायिक प्रहरी सेवा केन्द्र, नेपालगन्ज उपमहानगरपालिका वडा नं. २ का जनप्रतिनिधिहरू, स्थानीय नागरिकहरूको सामूहिक सहभागिता रहेको थियो । अभियानमा जुटेका सम्पूर्ण महानुभावहरूलाई बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार वर्माले स्वागत गरेका थिए भने नेपालगन्ज उपमहानगरपालिका वडा नं. २ का वडा अध्यक्ष मनोज कुमार श्रेष्ठले सरसफाइ अभियानको शुभारम्भ गरेका थिए ।
४५ जना सरसफाइ अभियानकर्ताहरूको सहभागितामा सम्पन्न भएको कार्यक्रमबाट प्लास्टिक बोतलहरू २.३ किलोग्राम, प्लास्टिकका झोला तथा पोलेथिनहरु ६३.४४ किलोग्राम, सिसा तथा काँचका टुक्रा र बोतलहरू २८.३ किलोग्राम, कागज जन्य पदार्थ १३.८५ किलोग्राम, मिसावट भएको फोहोर १४९.७३ किलोग्राम गरी जम्मा २५७.३५ किलोग्राम फोहोर सङ्कलन गरिएको छ ।
सङ्कलन गरी वर्गीकरण गरिएको फोहोर मध्ये प्रशोधन गरी पुन प्रयोगमा ल्याउन सकिने फोहोरलाई बास नेपालले सुरक्षित साथ राखेको छ भने प्रशोधन गर्न नसकिने फोहोरलाई नेपालगन्ज उपमहानगरपालिकाले फोहोर व्यवस्थापन केन्द्रमा लिएको बास नेपालका कार्यक्रम अधिकृत रबिन्द्र बोहराले बताए ।
फोहोर व्यवस्थापन तथा सरसफाइको मुख्य उद्देश्य बास नेपालका कार्यक्रम अधिकृत रबिन्द्र बोहराले जानकारी गराएको थिए भने फोहोरको प्राविधिक वर्गीकरणको विषयमा स्वच्छ सफा नेपालका सञ्चार अधिकृत सुशासन श्रेष्ठले जानकारी गराएका थिए ।
बुटवल टुडे
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam