आज दिउँसो र राति: कहाँ-कहाँ पर्छ पानी ?
काठमाडौँ
आज (जेठ २३, शुक्रबार) देशका केही स्थानमा मात्र वर्षा तथा हिमपात हुने प्रक्षेपण जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले गरेको छ।
महाशाखाले आज बिहान ६ बजे जारी गरेको संक्षिप्त बुलेटिनअनुसार,
आज दिउँसो: कोसी प्रदेशका केही स्थान र बाँकी पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षार हिमपातको सम्भावना छ।
आज राति: कोसी प्रदेशका थोरै स्थान तथा बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षार हिमपातको सम्भावना छ। बुटवल टुडे
मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा
भदौ १६, २०८३
काठमाण्डौ – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । करिब दुई दशक लामो राष्ट्रिय टोलीको…



ghanashyam