बगानमा चिया नरोप्न इलामलाई सांघाई समूहको दबाव
इलाम : २०५७ सालमा नेपाल सरकारले त्रिवेणी सांघाई समूहलाई ५० वर्षका लागि चिया बगान भाडामा दिएको छ।
६५ प्रतिशत स्वामित्व संघाई समूह र ३५ प्रतिशत नेपाल सरकारको हुने गरी इलाम र झापाका ७ वटा चियाबगान भाडामा दिए पनि पछिल्लो समय सांघाईकै मनपरी छ।
मुलुक संघीयतामा प्रवेश गरेपछि इलामको सूर्योदय नगरपालिका, इलाम नगरपालिका, माई नगरपालिका, मेचीनगर नगरपालिका, बुद्धशान्ति गाउँपालिका र बाह्रदशी गाउँपालिकाले आफ्नो स्वामित्वमा लिने प्रयास गरे पनि सफल हुन सकेका छैनन्।
सूर्योदय नगरपालिकाले मेची राजमार्ग विस्तारका क्रममा र ग्लास ब्रिज निर्माणका क्रममा बगानका चिया मासिएको भन्दै सांघाई समूहले मुद्दा समेत हाल्यो। नेपालको ऐतिहासिक हरियाली चिया बगान चिया मासिँदै गएको भनी पछिल्लो समय इलाम नगरपालिकाले चासो देखाइरहेको छ।
उचित समयमा गोडमेल नगरेपछि चियाको बोट मासिएर गएका छन्। हरियो चिया बगान मासिने खतरा बढेपछि इलाम नगरपालिकाले नयाँ चिया रोप्न सुरु गरेको छ। पछिल्लो समय चिया बगान मासिँदै गएको र यसलाई जगेर्ना गर्न आफूहरू लागि परेको इलाम नगरपालिकाका प्रमुख केदार थापाले बताए।
उनले सांघाई समूहले इलाम चियाबगान जगेर्नाभन्दा पनि उजाड बनाउन थालेपछि आफूहरूले यसलाई बचाउन लागेको बताए। विश्व वातावरण दिवसका अवसरमा गएको वर्ष समेत इलाम नगरपालिकाले चिया रोपेको थियो।
पछि सांघाई समूहले चिया नरोप्न दबाव दिएको इलाम नगरपालिकाका प्रमुख थापाको भनाइ छ। चिया बगान गोडमेल, खाली भएको जमिनमा नयाँ चिया रोप्ने र हरियाली कायम राख्ने गरीको सम्झौता भए पनि हाल सांघाई समूहले यो चियाबगानलाई उजाड जस्तै बनाएको छ।
पछिल्लो समय सांघाईले नेपाल चिया विकास निगमको लेटर प्याड प्रयोग गर्दै स्थानीय तहलाई धम्क्याएको पत्र पठाएको छ। जेठ २० गते चलानी नम्बर २२१ नम्बरको पत्र काट्दै निगमको लेटर प्याडबाट ध्यानाकर्षण तथा असहमति रहेको ब्यहोराको पत्र पठाएको हो। इलाम नगरपालिकालाई पठाएको पत्रमा नेपाल सरकार र चिया विकास निगमबीच भएको सम्झौतामा चिया रोप्ने सहमति भएको र सोही अनुसार आफूहरूले चिया रोपेको उल्लेख छ।
इलाम नगरपालिकाबाट अनावश्यक र सम्झौताविरुद्धको हस्तक्षेप भएको हुँदा सो कार्यप्रति निगमको असहमतिका साथै गम्भीर ध्यानाकर्षण भएको पत्रमा उल्लेख छ। पत्रमा भनिएको छ, ‘निगमको बगानमा उपयुक्त चियाका बिरुवा रोप्ने काम निगमकै तर्फबाट हुने भएकाले नगरपालिकाबाट जथाभावी चियाका बिरुवा लगाउने कार्य नगर्न नगराउन हुन अनुरोध छ।’
इलामको मात्र नभएर देशकै ऐतिहासिक चिया बगानलाई संरक्षण गर्नुपर्ने सरोकारवालाले बताउँदै आएका छन्। इलाम सहितको चिया बगानमा सांघाई समूहले हमला गर्न थालेको भन्दै स्थानीय सह समेत आक्रोशित भएका छन्। तत्कालीन नेपाल सरकारले लिजमा दिएको सो बगान फिर्ता लिएर सम्बन्धित स्थानीय तहकै स्वामित्वमा लिने काम थालिनुपर्ने माग हुन थालेको छ।
सांघाईले स्थानीय तहलाई तिर्नुपर्ने कर समेत नतिरेको स्थानीय तहका जनप्रतिनिधिको गुनासो छ। स्थानीय तहलाई बुझाउनुपर्ने राजस्व लामो समयदेखि नतिरेको र ताकेता गर्दा पनि वास्ता नगरेको बताइएको छ।
जिल्लास्थित सरोकारवालाहरूले लिजमा दिइएको बगान फिर्ता लिएर स्थानीय तहकै मातहतमा ल्याउन पहल गर्नुपर्ने आग्रह यहाँका जनप्रतिनिधिलाई गरे पनि कसैले वास्ता नगरेको बताइएको छ। संघ र प्रदेशका सांसदले सदनमा कुरा उठाएर पनि समस्या भने ज्यूका त्यूँ छ। थाहा खबर
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam