निजि विद्यालयले अनलाईन कक्षा संचालनको दस्तुर नलिएको दावी
माधब बेल्बासे
चन्द्रौटा,
कपिलवस्तुको शिवराज नगरपालिका भित्रमा दुई निजि विद्यालयले अनलाईन कक्षा वापत कुनै दस्तुर नलिएको दावी गरेका छन् । विभिन्न संचार माध्यममा आएको समाचारको खण्डन गर्दै विद्यार्थीहरुवाट कुनै पनि शुल्क नलिएको जनाएका छन् । विहिवार शिवराज नगरपालिका वडा १ शिवपुरमा रहेको शिवगढी ईङलिस बोडिङ स्कुलका प्रिन्सीपल तोयानाथ गैरेको हस्ताक्षरमा जारीको भएको प्रेस विज्ञाप्तीमा अनलाई कक्षा संचालन भएपनि त्यसवापत कुनै शुल्क नलिइने बताइएको छ ।
असार १ गते देखि विद्यालयले अनलाई भचुअल कक्षा संचालन गरेको भएपनि त्यसवापत विद्यालयले शैक्षिक शत्र २०७७ को विद्यार्थी वाट कुनै पनि शुल्क नलिएको गैरेले बताउनुभयो । असार २३ गते अखिल क्रान्तीकारीले विद्यालयमा कालो ब्यानर टागेको र सोहि दिन नै संचार माध्यममा भर्चुअल अनलाईन वापत शुल्क लिएको भन्ने समाचार आएकोले उक्त समाचार सरासर गलत रहेको उहाँले बताउनुभयो । त्यस्तै शिवराज ५ चन्द्रौटामा रहेको आवर मदरल्याण एकाडेमिले अनलाईन कक्षा संचालन गरेवापत विद्यालयले शुल्क लिएको भन्ने समाचार आएकोले उक्त समाचार झुटो र तथ्यहिन रहेको जनाएको छ । विद्यालयका प्रिन्सीपल नारायण भण्डारी द्धारा हस्ताक्षमा जारी गरेको प्रेस बिज्ञाप्तीमा विद्यालयले सरकारको नियम तथा प्याब्सन र क्षेत्रीय कार्यालय बाट आउने निर्देशनलाई पुर्ण रुपमा पालना गर्ने उल्लेख गरिएको छ ।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…


