५ महिनापछि खुल्यो संस्कृत विश्वविद्यालयमा ताला

घोराही

दाङको बेलझुन्डीस्थित नेपाल संस्कृत विश्वविद्यालयमा लागेको ताला पाँच महिनापछि खुलेको छ । नेपाल संस्कृत विश्वविद्यालय र अखिल क्रान्तिकारीबिच पाँचबुँदे सहमति भएपछि २०८१ पुस १२ गतेदेखि विश्वविद्यालयको केन्द्रीय कार्यालय, अनुसन्धान केन्द्र, वाल्मीकि विद्यापीठलगायतका ठाउँमा लागेको ताला खुलेको हो ।

सहमति अनुसार नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय आयुर्वेद विद्यापीठमा अध्ययनरत छात्रछात्राको पठनपाठनलाई सहज गराउनका लागि आवश्यक पर्ने प्रयोगात्मक सामग्री यही असार मसान्तभित्र विनियोजन गरिएको बजेटबाट खरिद गरिसक्ने, ओपिडी सञ्चालन गर्नका लागि आवश्यक पर्ने जनशक्ति तथा सामग्रीको आवश्यक प्रक्रिया मिलाउन आगामी विश्वविद्यालय सभामा प्रस्ताव लैजाने सहमति भएको छ ।

अखिल क्रान्तिकारी दाङका अध्यक्ष गोविन्द मल्लले नेपाल संस्कृत विश्वविद्यालयको सम्बन्धन प्राप्त मिथिला आयुर्वेद कलेजको सम्बन्धन खारेजपश्चात् केन्द्रीय आयुर्वेद विद्यापीठ दाङमा नवाैँ ब्याचमा नेपाल सरकारको छात्रवृत्तिमा अध्ययन गर्न आएका छात्रछात्रालाई मात्र इन्टर्नसिप भत्ता दिने सवालमा शिक्षा मन्त्रालय र आयुर्वेद चिकित्सा परिषदमा पत्राचार गरी त्यहाँबाट प्राप्त निर्देशन अनुसार विद्यापीठमा अध्ययनरत नवौँ ब्याचका विद्यार्थीमा एकरूपता कायम गर्ने सहमति भएको जानकारी दिनुभएको छ । वैखरी

TOP