पूर्वी नवलपरासीका दुई पुलमा ४० टनभन्दा बढी भार भएका गाडी चलाउन रोक
नवलपरासी
गिरुवारी खोला पुलमा ४० टनभन्दा बढी भारवहन क्षमता भएका गाडी चलाउन रोक लगाइएको छ । सडक डिभिजन कार्यालय भरतपुरले पुलहरू जीर्ण बनेको र नयाँ पुल निर्माणाधीन भएकाले सुरक्षाको हिसाबले यस्तो गरिएको जनाएको छ ।
पुलमा हाललाई ठूला मालबाहक गाडीहरू ट्रक र टिप्परहरूलाई एक पटकमा एकतर्फी मात्र सञ्चालन गर्न दिइने सूचनामा उल्लेख छ । केही दिनअघि चोरमारा गिरुवारी खोला पुल भासिएको थियो ।
अहिले सञ्चालनमा रहेका गिरुवारी र अरुणखोला पुलहरूको अवस्था कमजोर भएकाले सडक डिभिजन कार्यालयले सावधानी अपनाउन आग्रह गरेको छ । सुरक्षा जोखिमका कारण प्रहरीले अहिले २४ घण्टा निगरानी तथा सुरक्षा व्यवस्था मिलाएको छ ।वैखरी
मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा
भदौ १६, २०८३
काठमाण्डौ – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । करिब दुई दशक लामो राष्ट्रिय टोलीको…



ghanashyam