तोलामा १३ सयले बढ्यो सुन
काठमाडौं : नेपाली उपभोक्ताले एक तोला पहेँलो धातु (सुन) को १ लाख ९१ हजार ३०० तिर्नु पर्ने भएको छ ।
आज सुन तोलामा १ हजार ३०० रुपैयाँले वृद्धि भएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज १३ सय रुपैयाँले बढेको सुनको मूल्य १ लाख ९१ हजार ३०० रुपैयाँ कायम भएको हो। मंगलबार एक तोला सुनको मूल्य १ लाख ९० हजारमा कारोबार भएको थियो।
महासंघका अनुसार आज प्रतितोला चाँदीको मूल्य स्थिर छ। अघिल्लो दिन तोलाको २१ सय ६५ रुपैयाँ पुगेको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ। थाहा खबर
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…



ghanashyam