जसपान्द्र नेपाल कपिलवस्तुमा पुनः शैले
कपिलवस्तु, २९ जेठ
जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) जिल्ला कार्य समिति कपिलवस्तुको अध्यक्षमा पुनः शैलेन्द्र कुमार यादव निर्वाचित भएका छन् । जसपा नेपाल कपिलवस्तुको एकताको प्रथम अधिवेशन अन्र्तगत अध्यक्ष पदमा भएको मतदानमा २ सय ३८ मत प्राप्त गरेर शैलेन्द्र अध्यक्षमा निर्वाचित भएका हुन । अध्यक्षका अर्का उम्मेदवार रामनिवास यादवले १ सय ५५ मत प्राप्त गरे ।
कुल ५ सय ४७ मतदाता रहेको निर्वाचनमा खसेको ३ सय ९३ मत मध्य एक मत बदर भएको थियो भने शैलेन्द्रले रामनिवासलाई ८३ मतान्तरले चुनाव जितेका थिए । जसपा नेपाल कपिलवस्तुको निर्वाचनमा अन्य पद निर्विरोध भई अध्यक्ष पदमा मात्रै मतदान भएको निर्वाचन अधिकृत अफाक अहमख खाँले जानकारी दिए ।
अध्यक्षमा निर्वाचित शैलेन्द्र कुमार यादव हालका जिल्ला अध्यक्ष हुन् । निर्विरोध निर्वाचित तर्फ उपाध्यक्ष पदमा अहमद अली खान र ब्रह्मानन्द तिवारी, सचिवमा शिवलाल यादव रहेका छन । त्यसैगरी खुला सदस्य तर्फ निर्विरोध निर्वाचित हुनेहरुमा बब्बु सिंह यादव, जनार्दन प्रसाद चौधरी, बलराम यादव, राजेन्द्र कुमार मिश्र, राधेश्याम यादव, आशिष कुमार पाण्डेय, रामगोपाल यादव, राम बहादुर चौधरी, रामशंकर यादव, राम सवारे यादव, अनिल कुमार यादव, प्रभुनाथ यादव, विरेन्द्र प्रसाद गडरिया, प्रहलाद मल्लाह, मनोज कुमार यादव, अब्दुल कलाम मुसलमान, प्रभु यादव, राजेन्द्र प्रसाद यादव, मुन्नालाल पाल, छेदी प्रसाद यादव र राजेन्द्र यादव रहेको जनाइएको छ ।
त्यसैगरी सदस्य मुस्लिम तर्फ कासिम मुसलमान, सदस्य दलित महिला तर्फ प्रभावती कोरी, सदस्य दलित तर्फ शम्भु धोबी र रिषीराम रैदास तथा सदस्य थारु तर्फ ईन्दु थारु निर्विरोध निर्वाचित भएका छन । यस अघि जेठ २३ गते एकताको प्रथम अधिवेशनको उदघाटन पार्टीका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवले गरेका थिए । बुटवल टुडे
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam