लण्डनका लागि उडेको एयर इण्डियाको विमान दुर्घटना
काठमाडौं : भारतको गुजरातस्थित अहमदावादमा एयर इण्डियाको विमान दुर्घटनाग्रस्त भएको छ।
लण्डनका लागि उडेको विमान टेकअफ गर्नेवित्तिकै दुर्घटनामा परेको हो। विमानस्थल नजिकै विमान दुर्घटना भएपछि धुवाँको मुस्लो निस्किरहेको भारतीय संचारमाध्यमले जनाएका छन्।
विमानमा चालक दलका १२ सदस्य र २ सय ३० यात्रु गरी २४२ जना रहेको समाचारमा जनाइएको छ।
अहमदावाद विमानस्थलबाट उडेलगत्तै १५ किलोमिटरको दुरीमा रहेको मेघानीनगरमा विमान दुर्घटना भएको हो। अहिले घटनास्थलमा उदद्दार टोली परिचालन गरिएको छ।
विमानमा सवार यात्रुहरूबारे अहिलेसम्म जानकारी आइसकेको छैन। थाहा खबर
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam