बजेटमा गरिएको राजश्व प्रस्ताव चुनौतिपूर्णः एमाले सांसद आचार्य
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी एमालेका सांसद भीमप्रसाद आचार्यले बजेटमा गरिएको राजश्वको प्रस्ताव चुनौतिपूर्ण रहेको बताएका छन्।
आइतबार प्रतिनिधि सभा बैठकमा राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद आचार्यले यस्तो बताएका हुन्। उनले बजेट तुलनात्मक रुपमा यथार्थपरक, समस्या केन्द्रित र समस्या पहिचान गर्दै समाधान केन्द्रित रहेको दाबी गरे।
अर्थतन्त्रमा सुधार र वर्तमान आर्थिक परिस्थिति अनुकूल बजेट ल्याउने प्रयत्न गरेको भन्दै सांसद आचार्यले निजी क्षेत्रको समस्या समाधान उन्मुख र लगानीमैत्री, प्रविधिमैत्री र यथार्थपरक बजेटको रुपमा प्रस्तुत हुन खोजेको बताए। उनले विगतमा लगानी भइरहने तर प्रतिफल नआउने विगतको अवस्थालाई चिर्दै छिटो आयोजना सम्पन्न गरेर प्रतिफल लिनेतिर बजेट केन्द्रित भएको दाबी गरे।
अहिलेको भूराजनीतिक परिस्थितिका कारण आपूर्ति श्रृंखला, मूल्यबृद्धि र निर्यातजन्य कुराहरूमा प्रभाव पर्ने र आयआर्जनका कुराहरूमा नकारात्मक प्रभाव पर्नसक्ने उनको भनाइ थियो। उनले बजेटका विशेषताअनुरुप कार्यान्वयन र राजश्व संकलन गर्ने अथवा स्रोत जुटाउने विषय भने चुनौतिका रुपमा रहेको बताए। थाहा खबर
मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा
भदौ १६, २०८३
काठमाण्डौ – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । करिब दुई दशक लामो राष्ट्रिय टोलीको…



ghanashyam