५० वर्ष पुगेका एकल महिला र पुरुषलाई जीवन निर्वाह भत्ता
गुल्मी
गुल्मी जिल्लाको छत्रकोट गाउँपालिकाले ‘स्थानीय सरकार सारथी’ कार्यक्रमअन्तर्गत ५० वर्ष पुगेका एकल महिला तथा पुरुषलाई जीवन निर्वाह भत्ता प्रदान गर्ने भएको छ ।
गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को लागि प्रस्तुत नीति कार्यक्रममा समाजका ज्येष्ठ नागरिक र एक्लो जीवन बिताइरहेका नागरिकहरूलाई सम्मानका साथ जीवनयापन गर्न सक्ने वातावरण सिर्जना गर्ने उद्देश्य लिएको छ ।
५० वर्ष उमेर नाघेका तर एकल महिला तथा पुरुषहरूलाई लक्षित गरी ‘जीवननिर्वाह सारथी भत्ता’ उपलब्ध गराइने गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले बताए ।
छत्रकोट गाउँपालिकाका अध्यक्ष पाण्डेको अनुसार, ‘सारथी कार्यक्रमले स्थानीय सरकारको सामाजिक उत्तरदायित्वलाई सुदृढ पार्नेछ र एकल नागरिकहरूको जीवनमा सम्मान र आत्मबल थप गर्ने बताए ।
गाउँपालिकाले यस कार्यक्रमलाई क्रमिक रूपमा विस्तार गर्दै आवश्यकता अनुसार सेवा समायोजन गर्ने योजना पनि बनाएको छ
वैखरी
११ हजारभन्दा धेरैको उद्धार, झण्डै चार हजार जना सम्पर्कविहीन
भदौ १६, २०८३
काठमाण्डौ – एक हप्ताअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा फसेका र अलपत्र भएकाहरूमध्ये अहिलेसम्म ११ हजारभन्दा धेरैको उद्धार भएको छ…



ghanashyam