दौरासुरुवाल लगाउने नेता जति प्रहरी लिएर हिँड्ने‚ चौकी चाहिँ खाली?:
सांसद राई
काठमाडौँ : नेकपा (एमाले)का सांसद राजेन्द्रकुमार राईले नेताहरूले प्रहरी लिएर हिँड्ने तर चौकी खाली भएको भन्दै आपत्ति जनाएका छन्।
बुधवार ‘नेपाल प्रहरीसम्बन्धी कानूनलाई संशोधन गर्न बनेको विधेयक’माथि सैद्धान्तिक छलफल गर्न बसेको प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले यस्तो आपत्ति जनाएका हुन्।
उनले सबैसँग पीएसओ भएको बताउँदै प्रहरी चौकी खाली हुने र नेताहरू पीएसओ बोकेर हिँड्ने प्रवृत्ति बढेको बताए। उनले दौरासुरुवाल लगाउने सबैसँग पीएसओ रहेको भन्दै व्यङ्ग्यात्मक टिप्पणी गरे।
उनले प्रहरीका पूर्व तथा निवर्तमान आइजिपी र एआइजीको घरमा समेत प्रहरीलाई कामकाजमा राखिएको भन्दै आपत्ति जनाए। उनले सेवानिवृत्त प्रहरी अधिकारीले पनि पीएसओ राख्ने व्यवस्था लोकतन्त्रको खिलाफमा रहेको बताए। उनले आफूहरूले जनताले देख्ने गरी सुशासनको काम गर्नुपर्नेमा जोड दिए।
राईले भने, “यो पीएसओ भनेको के हो मैले बुझिनँ। सबैले पुलिस लिएर कुदेको कुद्यै छ। चौकी खाली छ। के भएर यस्तो भएको हो ? जो दौरासुरुवाल लगाएको छ, उसैसँग पीएसओ। यो के भएर यस्तो हुन्छ ? हिजोका आइजिपी र एआईजी घरमा पनि राखिएको छ।”
उनले प्रहरीहरूले सांसदको लोगो लगाउँदा पनि नचिनेको भन्दै गुनासो गरे।
मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा
भदौ १६, २०८३
काठमाण्डौ – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । करिब दुई दशक लामो राष्ट्रिय टोलीको…



ghanashyam