बाजाहरू जनताका आवाज पनि हुन् : सुनिता डंगोल

काठमाडौँ : काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले बाजा नेपालको संगीत र लयका सारथी मात्रै नभइ जनताका आवाजहरू पनि रहेको बताएकी छिन्।

शुक्रवार काठमाडौँमा अमूर्त सम्पदा संरक्षण तथा प्रवद्र्धनका लागि काठमाडौँ महानगरपालिकाद्वारा परम्परागत टोल, गुथी, खलःहरुलाई आर्थिक अनुदान सहयोग गर्दै उनले यस्तो बताएकी हुन्।

उनले हरेक टोल, समुदाय, कुच, गुठीहरुमा फरकफरक खालका मूर्त र अमूर्त सम्पदाहरु रहेको बताइन्। उनले मूर्त सम्पदाहरू शरीर जस्तै भएको बताउँदै मूर्त सम्पदाको सास, आत्मालाई अमूर्त सम्पदाले जीवित बनाउने बताइन्।

अमूर्त सम्पदाको महत्वपूर्ण पाटो भनेको संगीत भएको उनको भनाइ थियो। उपप्रमुख डंगोलले पुस्तौँदेखिका सीप र ज्ञानहरू पुस्तान्तरण गर्दै संस्कृतिहरुको संरक्षण गर्न जरुरी रहेको बताइन्।

परम्परागत टोल, गुठी, खलहरूले आफ्नो समुदायको पहिचान गर्न मद्दत गरिरहेको बताउँदै उनले पर्व, बाजा, जात्राहरुमा आफ्नो पहिचान रहेको उल्लेख गरिन्। थाहा खबर

TOP