पाकिस्तानको बलुचिस्तानमा बन्दुकधारीको आक्रमण : ९ जनाको मृत्यु
पाकिस्तानको बलुचिस्तानको झोब जिल्लामा बन्दुकधारीहरुको गोली प्रहारबाट नौ जनाको ज्यान गएको छ ।
बलुचिस्तानको राजधानी क्वेटाबाट पञ्जाब जाँदै गरेका यात्रुलाई बसबाट ओरालेर गोली हानिएको बीबीसी हिन्दीले जनाएको छ ।
झोबका सहायक कमिसनर नवीद आलमले नौ यात्रुको ज्यान गएको पुष्टि गर्नुभयो । सरकारी अधिकारीहरुका अनुसार अज्ञात बन्दुकधारीहरुले नाकाबन्दी गरेर यात्रुहरुलाई बसबाट झारेका थिए ।
बलुचिस्तान सरकारका प्रवक्ता शाहिद रिदले निकालेको विज्ञप्तिमा आतङ्कवादीहरूले कलात, मस्तुङ र झोबमा आक्रमण गरेका भनिएको छ । बन्दुकधारीहरुका खोजी भइरहेको सुरक्षा निकायले जनाएको छ । वैखरी
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam