बुद्धको महाभिनिष्क्रमण दिवस


नवलपरासी, २८ असार

जिल्लाको सुस्ता ५ ठाढीघाट (अनोमाघाट) मा उद्योग वाणिज्य सङ्घले असार पूर्णिमाको अवसर पारेर महाभिनिष्क्रमण दिवस मनाएको छ । सङ्घका अध्यक्ष ओम प्रकाश अग्रहरी सहित सङ्घको टोली अनोमाघाटमा पुगेर दीप प्रज्वलन गरी स्थानीयसँगको समन्वयमा महाभिनिष्क्रमण दिवस मनाएको हो ।सङ्घका वाणिज्य उपाध्यक्ष राजेश कुमार गुप्त, लेखा समिति संयोजक अर्जुन बहादुर क्षेत्री, परासी प्रेस क्लबका अध्यक्ष मोहन पौडेल, नागरिक समाजका पूर्व अध्यक्ष राधेश्याम सिंह सैथवार, स्थानीय मुन्सि हरिजन लगायतको सहभागितामा दिवस मनाइएको जानकारी अध्यक्ष अग्रहरीले गराए । हालै मात्र नेपाल पर्यटन बोर्डले अनोमा प्रव्रज्या स्थल घोषणा पछि निजी क्षेत्रको पनि चासो बढेको छ ।

उद्योग वाणिज्य सङ्घ नवलपरासीले बोर्डको निर्णयको स्वागत तथा आभार व्यक्त गर्दै पर्यटन उद्योगका लागि अवसर सृजना भएको विश्वास व्यक्त गरेको थियो । उद्योग वाणिज्य सङ्घका अध्यक्ष ओम प्रकाश अग्रहरीले पत्रमार्फत नेपाल पर्यटन बोर्डलाई आभार व्यक्त गर्दै अनोमाघाटलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न अगामी दिनमा सबै मिलेर लाग्न आग्रह समेत गरेका थिए । अनोमा घाटलाई देश विदेशमा बौद्ध तीर्थ स्थलको रूपमा विकास गर्नका लागि सो क्षेत्रका सांसद, मन्त्री, स्थानीय तह र सङ्घसंस्था सबैले माग गर्दै आएका थिए । बुटवल टुडे

TOP