मन्त्री गुप्ताको ‘घुस डिल’बारे प्रधानमन्त्रीले जवाफ दिनुपर्छः माओवादी केन्द्र

काठमाडौं : नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको घुस डिलसम्बन्धी अडियोबारे प्रधानमन्त्रीसँग जवाफ माग गरेका छन्।

प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै सांसद पौडेलले यस्तो माग गरेका हुन्। उनले सरकार भ्रष्टाचार नियन्त्रणमा गम्भीर नभएको आरोप लगाए। उनले उनले विगतमा केपी शर्मा ओली प्रधानमन्त्री हुँदा गोकुल बास्कोटाले सार्वजनिक रूपमा भ्रष्टाचारको आरोप लागेपछि राजीनामा दिएको स्मरण गर्दै त्यसैगरी जवाफदेही बन्न पनि आग्रह गरे।

आफ्नो मान्छेले जे गर्दा पनि हुन्छ भन्ने मानसिकताले देश थप संकटतर्फ जाने उनको टिप्पणी छ। थाहा खबर

TOP