प्रचण्डलाई प्रधानमन्त्रीको जवाफ : कीर्तिपुरमा बनिरहेको प्यारापिट र फ्लडलाइटका पोल हेर्न जानुस्

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर रंगशालाबारे प्रमुख विपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जवाफ फर्काएका छन्।

प्रचण्डले संसदमा सोमबार बोल्दै प्रधानमन्त्रीले ३ सय दिनमा बनाउँछु भनेको कीर्तिपुर मैदानको प्यारापिट र फ्लडलाइट एक वर्षमा पनि नबनेको भन्ने प्रश्न गरेपछि प्रधानमन्त्री ओलीले फेसबुकबाटै जवाफ फर्काएका हुन्।

‘पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालजीले आज प्रश्न सोध्नु भएछ– कीर्तिपुरको मैदानमा खोई फ्लडलाइट ? खोई प्यारापिट ? मेरो उहाँलाई आग्रह छ, बनिरहेको प्यारापिट हेर्न जानुस्, जडान हुँदै गरेको फ्लडलाइटका पोल हेर्न जानुस् । बनिरहेको छ ।’ ओलीले लेखेका छन्, ‘तपाईं प्रधानमन्त्री हुँदा कुनै पनि कामलाई टाइमलाइन तोकेर गर्छु भन्नु भएन र तपाईंले केही गर्नु पनि परेन र गर्नु पनि भएन । सरकारको कामबारे तथ्यतथ्यांक राखेर तपाईंले प्रधानमन्त्रीको रुपमा जवाफ पनि दिनु परेन। तपाईंका त न कुनै वाचा, न कुनै निर्णय, न कुनै संकल्प, न कुनै काम । मैले त दिन तोकेर गर्छु भनें, आफैंमाथि प्रश्न आह्वान गरें र काम पनि गरें । तपाईंले जर्जर छोडेको अर्थतन्त्र अहिले कहाँ पुग्यो, तथ्याङ्क हेर्नुस् भन्ने सुझाव दिन चाहन्छु ।’ थाहा खबर

TOP