बस र कार ठोक्किँदा चार जना घाइते
नवलपुर : कालीगण्डकी करिडोरअन्तर्गत नवलपुरको बौदीकाली गाउँपालिका–३ खैरेनीमा कार र बस एक आपसमा ठोक्किँदा चार जना घाइते भएका छन्।
बौदीकाली गाउँपालिका ३ खैरेनीस्थित कालीगण्डकी करिडोर सडक खण्डअन्तर्गत पाल्पा रामपुरबाट डेढँगाउतर्फ आउँदै गरेको ग २ च ९५४६ नम्बरको कार र गैँडाकोटबाट पाल्पातर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०१–००१ ख ०४३८ नम्बरको बस एक आपसमा ठोक्किँएका हुन्।
दुर्घटनामा परी कार चालक तनँहुको भिमाद नगरपालिका–६ का २३ वर्षीय विवेक शाह, कारमा सवार ६८ वर्षीय पदमराज जोशी, ५८ वर्षीय जंग बहादुर राना र तनहुँको ब्यास नगरपालिका–५ का ४९ वर्षीय केशव रुचाल घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिए।
घाइतेहरुको रामपुर अस्पताल पाल्पामा उपचार भइरहेको छ। बस र बसका चालक पाल्पा रम्बा गाउँपालिका–१ का ३७ वर्षीय संजय प्रसाईलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। थाहा खबर
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam