आज साउने संक्रान्ति, ‘लुतो फाल्ने’ दिन
आज साउने संक्रान्ति। सौरमान अनुसार सूर्य दक्षिणतिर सरेर ठीक कर्कटरेखामाथि पुग्ने हुनाले आजको दिनलाई कर्कट संक्रान्ति पनि भनिन्छ।
नेपाली समाजमा साउने संक्रान्तिलाई विशेष पर्वको रुपमा मनाउने प्रचलन छ। ‘माघे संक्रान्तिले चाड धपाउँछ, साउने संक्रान्तिले चाड बोलाउँछ’ भन्ने उक्ति पनि नेपाली समाजमा प्रचलित छ।
असार महिनाभर गरेको खेतीपातीको कामबाट थकित किसान परिवारले हिलोमैलो पखालेर आज घरपरिवार र आफन्तसँगै बसेर मिठोमसिनो खाने प्रचलन छ।
असारमा रोपाइँ लगायतका काम गर्दा हिलोमाटोमा काम गर्नु पर्ने भएकाले छालासम्बन्धी रोग नलागोस् भनेर साउने संक्रान्तिको दिन लुतो फाल्ने गरिएको कथन छ।
साउने संक्रान्तिको साँझ परम्परानुसार कागभलायो, कुकरडाइनो, लुतेझार, कुरिलो, पानीअमला, कागती, अम्बा, नासपाती आदि औषधिका रुपमा प्रयोग हुने वनस्पति राखेर चारै दिशातिर अगुल्टो फाल्ने गरिन्छ। जसलाई लुतो फालेको भनिन्छ।
लुतो फाल्दा आ–आफ्नो कुल परम्परानुसार नाङ्लो ठटाउने, शंख(घण्टबजाउने, ढोका बन्द गर्ने प्रचलन छ।
साउन महिनाभर काठमाडौंको पशुपतिनाथ मन्दिरसहित देशभरका शिव मन्दिरहरुमा भक्तजनको विशेष घुईंचो लाग्ने गर्छ। बुटवल टुडे
मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा
भदौ १६, २०८३
काठमाण्डौ – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । करिब दुई दशक लामो राष्ट्रिय टोलीको…



ghanashyam