रेसुङ्गामा साउने मेला सुरु
१ साउन, गुल्मी । गुल्मी जिल्लाको धार्मिक तथा ऐतिहासिक पर्यटकिय क्षेत्र रेसुङ्गामा एक महिने साउने मेला सुुरु भएको छ ।
गुल्मीको सदरमुकाम तम्घास अग्लो शिरमा पर्ने रेसुङ्गामा विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि मन्दिर व्यवस्थापन समितिले साउनभर एक महिनासम्म मेला सुरु गरेको रेसुङ्गा संरक्षण समितिका महासचिव यज्ञप्रसाद पन्थीले बताए ।
एक महिनासम्म धार्मिक प्रवचनसँगै दैनिक पूजा हुने समितिले जनाएको छ । रेसुङ्गमा पूजा गर्न तथा अवलोकनका लागि गुल्मीलगायत छिमेकी जिल्ला अर्घाखाँची, पाल्पा वाग्लुङ्ग प्यूठान, रुपन्देहीलगायतका नेपालका विभिन्न ठाउँबाट भक्तजन आउने गर्छन् ।
पोखरीमा नुहाउन तथा पूजा आज महिनाभरी नै भिडभाड लाग्ने गर्दछ । आज पहिलो दिन झनै विशेष श्रद्धालु भक्तजनको बिहानैदेखि घुइचो लाग्ने गरेको छ ।
रेसुङ्गाको पोखरीमा नुहाउनाले भुल गरेर गरेका पाप नष्ट हुने धार्मिक मान्यता रहेको छ । मेलाअर्न्तगर्त साउन १ गते र साउने औँसी, एकादशीका दिन विशेष मेला लाग्ने गर्दछ ।
धार्मिक स्थल रेसुङ्गामा रहेको भ्यूटावरबाट विभिन्न मनमोहक दृश्य देख्न सकिन्छ । सदरमुकाम तम्घास बाट करिब ३० मिनेटको गाडिको यात्रा पछि उक्त स्थानमा पुग्न सकिन्छ । रेसुङ्गामा साउन महिना बाहेकअन्य दिनहरुमा दैनिक पूजा हुने गर्दछ ।
रेसुङ्गामा पैदल मार्गमा आकर्षक सिँडी निर्माण गरिएको छ । जसले गर्दा पैदल यात्रा गर्न रमाइलो सहज छ । धार्मिक मेलामा बिभिन्न ठाउँबाट श्रदालु भक्तजनको उपस्थिति रहने गरेको छ । वैखरी
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam