साना देशहरूमा अमेरिकाको नयाँ भन्सार नीति
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफ्रिका र क्यारिबियन क्षेत्रका साना देशहरुबाट आयात हुने सामानमा १० प्रतिशतभन्दा बढी भन्सार कर लगाउने बताउनु भएको छ ।
सबै देशहरूका लागि एउटै मात्रामा कर लगाउने बताउँदै ट्रम्पले करको दर १० प्रतिशतभन्दा केही माथि रहेको समाचार संस्था एपीले जनाएको छ । उहाँले कम्तीमा एक सय देशबाट आउने सामानमा यो कर लागू हुने योजना सुनाउनु भएको छ ।
अमेरिकी व्यापार सचिव व्यापार सचिव हावार्ड लुटनिकले कर लगाइने देशहरूमा मुख्यतः अफ्रिका र क्यारिबियन क्षेत्र पर्ने बताउनु भएको छ ।
यस महिनाको शुरूमा राष्ट्रपति ट्रम्पले दुई दर्जनजति देशहरू र युरोपेली सङ्घलाई पत्र पठाउँदै अगस्ट १ देखि लागू हुने नयाँ भन्सार करहरूको जानकारी दिनुभएको थियो ।
त्यसबेलाको कर घोषणाले अमेरिकी वित्तीय बजारमा उथलपुथल ल्याएको थियो, जसका कारण ट्रम्पले ९० दिनको वार्ता अवधिको घोषणा गर्नुभएको थियो । यो अवधि जुलाई ९ मा समाप्त भइसकेको छ । वैखरी
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam