दाङमा श्रीमती हत्याको आरोपमा श्रीमान पक्राउ
दाङ
श्रीमती हत्याको आरोपमा दाङमा एकजना पक्राउ परेका छन् । ५० वर्षीया श्रीमती गोमा पुनको हत्या गरेको आरोपमा बंगलाचुली गाउँपालिका–४ का ३८ वर्षीय जागेश्वर पुन पक्राउ परेका हुन् ।
बिहीबार राति मादक पदार्थ सेवन गरी झगडा हुँदा पुनले लाठी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी चक्रबहादुर शाहले बताए ।
पुनलाई नियन्त्रणमा राखी थप अनुसन्धान गरिरहेको उनले जानकारी दिए ।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…



ghanashyam