अरुण नदीमा बाढीको सम्भावना, आसपास सतर्क रहन प्रशासनको आग्रह
सङ्खुवासभा : जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले माथिल्लो क्षेत्रमा भारी वर्षाका कारण बाढी पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ।
जिल्ला प्रशासन कार्यालय माथिल्लो क्षेत्रमा भारी बर्षाका कारण बाढी पहिरोको जोखिम रहेकाले सतर्क रहन अनुरोध गरेको हो। पछिल्लो ३ घण्टामा मकालु गाउँपालिकास्थित नुम वर्षामापन केन्द्रमा भारी वर्षामापन भएका कारण अरुण नदी लगायत खोलानाला आसपासका तटीय क्षेत्रमा सतर्क रहन आग्रह गरिएको सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी दिव्यराज पोखरेलले जानकारी दिए।
माथिल्लो क्षेत्रमा अत्यधिक वर्षा भएको र थप पानी पर्ने सम्भावना भएका कारण तटीय क्षेत्र आसपासकाका बस्तीलाई सतर्कता अपनाउन आग्रह गरेको प्रजिअ पोखरेलले बताए।
भारी वर्षाका भएका कारण अरुण नदी लगायतका खोलानाला र जिल्लाभित्र बाढी पहिरोको जोखिम रहेको भन्दै जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले सूचना जारी गरी सो क्षेत्र भएर बग्ने ससाना खोलामा आकस्मिक बहाब बढ्ने र कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम हुन सक्ने भएकाले यी क्षेत्रका बासिन्दालाई सतर्क गराएको हो । त्यस्तैगरी मौसम तथा पूर्वानुमान महाशाखाले पनि यो समयमा अत्यधिक वर्षा भएको र वर्षा हुनसक्ने भन्दै सचेत रहन आग्रह गरेको छ। थाहा खबर
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam