यो गणतन्त्र बुर्जुवा गणतन्त्र हो, देश विकास हुँदैनः नेता गजुरेल

काठमाडौं : मोहन वैद्य नेतृत्वको नेकपा (माओवादी क्रान्तिकारी) का नेता सिपी गजुरेलले अहिले पनि जनगणतन्त्र नआएको बताएका छन्।

ललितपुरमा बिहीवार आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले अहिलेको गणतन्त्र बुर्जुवा गणतन्त्र भएको बताए। बुर्जुवा गणतन्त्रले देशेको विकास गर्न नसक्ने उनको भनाइ छ। अहिलेको गणतन्त्र पुँजीपति, दलाल र नोकरशाही, पुँजीपति वर्गको भएको उल्लेख गरे। आफूहरू बुर्जुवा गणतन्त्रको लागि नलडेको तर पुष्पकमल दाहाल र डा. बाबुराम भट्टराईको गद्दारीका कारण जनगणतन्त्र आउन नसकेको उनको आरोप छ।

नेता गजुरेलले प्रचण्ड र बाबुरामले गद्दारी गर्दा जनगणतन्त्र आउन नसकेको बताए। थाहा खबर

TOP