गर्मी बढेपछि पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकामा ३ दिन विद्यालय बन्द
परासी — गर्मी बढेपछि पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाले तीन दिन विद्यालय बिदा गरेको छ । चर्को घाम र तातो हावा चलेका कारण बालबालिकाको स्वास्थ्यलाई मध्यनजर गर्दै बिदा दिएको हो ।
गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवले आज सूचना जारी गर्दै साउन ९ , १० र ११ गते सम्म पालिका भित्रका सबै शैक्षिक संस्थामा बिदा दिन निर्देशन दिएका छन् ।
दिउँसोको समयमा बाहिर हिँडडुल गर्न कठिनाइ हुने र केही विद्यालयमा जस्तापाताको छाना भएकाले अत्यधिक गर्मी हुने कारणले बिदा गरिएको गाउँपालिकाले जनाएको छ । जिल्लाको सदरमुकाम परासी र आसपासको क्षेत्रमा केही दिनदेखि तातो हावा चल्ने र गर्मी बढेपछि जनजिवन प्रभावित बनेको छ । जिल्लाका अन्य पालिकाले पनि बिदा दिने तयारी गरेका छन् । वैखरी
११ हजारभन्दा धेरैको उद्धार, झण्डै चार हजार जना सम्पर्कविहीन
भदौ १६, २०८३
काठमाण्डौ – एक हप्ताअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा फसेका र अलपत्र भएकाहरूमध्ये अहिलेसम्म ११ हजारभन्दा धेरैको उद्धार भएको छ…



ghanashyam