शुल्क घटाउनुपर्ने माग राख्दै अखिल क्रान्तिकारी त्रिविमा तीन दिनदेखि धर्नामा

काठमाडौँ : त्रिभुवन विश्वविद्यालय अन्तर्गत केन्द्रीय विभागमा गाभिएका चारवटा विभागको शुल्क घटाउनुपर्ने माग गर्दै अखिल क्रान्तिकारीले तीन दिनदेखि धर्ना दिइरहेको छ।

बिहीबारदेखि विश्वविद्यालयको उपकुलपति कार्यालयभित्र धर्ना दिइरहेको आन्दोलन संयोजक मनिष चम्लागाईँले जानकारी दिए। धर्ना शनिबार पनि जारी छ। आन्दोलनमा सहभागी विद्यार्थीले शिक्षामा शोषण बन्द गर्न, तुरुन्त शुल्क घटाउन माग गरेका छन्। गरिब विद्यार्थीको छातीमा गोली, यो त केन्द्रीय विभागको नीतिमा झोली भन्ने नारासहित प्रदर्शन गरेका छन्।

अखिल (क्रान्तिकारी) जिल्ला समितिले विश्वविद्यालय प्रशासनलाई ज्ञापनपत्र बुझाउँदै १० दिनभित्र शुल्क समायोजन सहितको माग प्रस्तुत गरेको थियो। माग सम्बोधन नभए आन्दोलनलाई थप सशक्त बनाउने विद्यार्थीहरूको चेतावनी छ। गत वर्ष त्रिविले अन्तर्राष्ट्रिय सम्बन्ध, शान्ति र विकास, लैङ्गिक अध्ययन र सामाजिक कार्य विभागलाई गाभेर केन्द्रीय विभाग बनाएको थियो।

‘सेल्फ सस्टेन्ट कार्यक्रमहरूलाई केन्द्रीय विभाग बनाएपछि यसअघि तोडफोड लगायतका गतिविधि समेत भएका थिए। थाहा खबर

TOP