ट्रम्पले भने, हमास युद्ध रोक्न नै चाहँदैन
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजामा हमास समूहले युद्धविराम नचाहेको आरोप लगाएका छन्। उनले हमास युद्धविरामको कुनै पनि सम्झौतामा पुग्न नचाहेको, बरु मर्न चाहेको टिप्पणी गरेका हुन्। बन्धक रिहाइका लागि पनि हमास तयार नभएको ट्रम्पको आरोप छ ।
‘अब अन्तिम बन्दीहरू छन् र उनीहरूलाई थाहा छ कि, अन्तिम बन्दीहरू मुक्त भएपछि के हुन्छ’, ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले भने। ट्रम्पले गाजामा रहेका अन्तिम बन्धकहरु रिहाईपछि हमासविरुद्ध थप शक्तिशाली आक्रमण हुने संकेत गरे।
मध्यपूर्वका लागि अमेरिकी दूत स्टीभ विटकोफले पनि हमासको युद्धविराममा रुचि नरहेको र वार्ता बाट बाहिर निस्केको बताए। उता इजरायलले कतारबाट आफ्ना वार्ताकारलाई फिर्ता बोलाएको छ। तर, हमासले भने युद्धविरामको प्रयास भइरहेको दाबी गरेको छ।
बन्धकहरूको रिहाइ र गाजामा इजरायली आक्रमण रोक्ने भन्दै लामो समयदेखि युद्धविरामको प्रयास भइरहेको छ। तर पटकपटकका युद्धविराम सफल भएका छैनन्। थाहा खबर
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…



ghanashyam