सुर्खेतमा श्रीमानले गरे श्रीमतीको हत्या
सुर्खेत : सुर्खेतमा श्रीमानले श्रीमतीको हत्या गरेका छन्।
आज बिहान वीरेन्द्रनगर–१३, करेखोलामा बस्दै आएका दानसिंह ठाडा मगरले दाउराको चिर्पटले हानेर श्रीमतीको हत्या गरेका हुन्।
४२ वर्षीय ठाडाले आफ्नै श्रीमती ४१ वर्षीय रविना थापाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। प्रहरीका अनुसार हत्या लगत्तै ठाडामगगरले ठेगानासहित प्रहरीलाई नै फोन गरेर आफुलाई पक्राउ गर्न बोलाएका थिए।
खबर पाउनासाथ घट्नास्थल पुगेको प्रहरीले उनलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान शुरु गरिसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी (डीएसपी) मोहनजंग बुढथापाले बताए।
यसअघि प्रहरीलाई फोन गर्नुपूर्व ठाडामगरले प्रहरीको नम्बर माग्न वडाध्यक्षलाई समेत फोन गरेका थिए। जानकारी पाउने बित्तिकै नगर प्रहरी र प्रहरी चौकी करे खोलाबाट टोली घटनास्थलमा पुगेको थियो।
घटनाको कारण अझै खुलिनसकेकाले थप अनुसन्धानका लागि प्रहरीको टोली घटनास्थलमा परिचालन गरिएको प्रहरीको भनाइ छ। थाहा खबर
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam