जग्गा विवादमा श्रीमतीमाथि मुक्का, शव गन्हाउन थालेपछि छिमेकीलाई पत्तो
पर्वत : जग्गा बेच्ने विषयमा वादविवाद भएपछि आफ्नै श्रीमतीलाई मुक्का प्रहरी गरी हत्या गरेको अभियोगमा कास्की प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हरि बहादुर बस्नेतका अनुसार गत साउन आठ गते भएको घटनाको विषयमा ५८ वर्षीय जङ्गे सार्कीलाई नियन्त्रणमा लिएर अनुसन्धान चलिरहेको छ।
वादविवादकाबीच जङ्गे आवेशमा आई श्रीमती ५३ वर्षीया छुनु भन्ने जमुना नेपाली सार्कीलाई दुई मुक्का प्रहार गरेको र भित्ता तर्फ ठोक्काएको तथा सोही कारणले जमुनाको मृत्यु भएको कास्की प्रहरीले आइतबार गरेको पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ।
साउन आठ गते राती करिब १० बजेको समयमा पोखरा महानगरपालिका–२७ रिठ्ठेपानीमा जमुना आफ्नै घरको आफू सुत्ने कोठामा मृत अवस्थामा रहेको भन्ने सूचना कास्की प्रहरीमा आयो। लगत्तै घटनाको छानबिन र शङ्कास्पद व्यक्तिहरूलाई निगरानी र सोधपुछमा लागेको प्रहरीले मृतक जमुनाका श्रीमान् जङ्गेलाई नै साउन आठ गते नियन्त्रणमा लियो।
प्रारम्भिक अनुसन्धानका क्रममा खाना खाएपछि एक गिलास मदिरा सेवन गरेका जङ्गेले साउन छ गते श्रीमती जमुनामाथि जाइलागेको तथ्य खुल्यो। जग्गा बेच्ने विषयमा वादविवाद हुँदा जङ्गेले श्रीमतीमाथि दुई मुक्का प्रहार गरेको भित्तातर्फ ठोक्काएको खुलेको कास्की प्रहरीले बताएको छ। जमुनाको शवको ‘पोस्टमार्टम रिपोर्ट’ मा समेत टाउको जबरजस्ती परेको जोडका कारण मृत्यु भएको प्रहरीको भनाइ छ।
घटना लगत्तै जङ्गे आफ्नो घर बाहिर रहेको आफ्नै टिनको टहरामा सुत्न गए। भोलिपल्ट साउन सात गते बिहान उठेर छिमेकीको घरमा चिया खान गए। त्यतैबाट ठेकेदारलाई भेटेर पैसा लिन भनी सिसुवातर्फ लागे। दिनभर ठेकेदारलाई भेट्न नसकेपछि साँझ घरमा आई खाना बनाए, आफूले खाए तर श्रीमतीको बारेमा कुनै खोजी गरेनन्।
साउन आठ गते पनि बिहान उठेर छिमेकी मामा पर्नेको घरमा गई चिया खाएर ठेकेदारलाई भेट्ने भन्दै पुनः शिसुवातर्फ लागे। घटना भएको तेस्रो दिनसम्म पनि अभियुक्तले आफ्नी श्रीमतीको बारेमा खोजी गरेनन्। उक्त दिन साँझ करिब सवा पाँच बजेको समयमा जङ्गेको घरबाट केही फरक गन्ध आएपछि भने स्थानीयले प्रहरीमा गन्धको बारेमा जानकारी गराए। त्यो बेलासम्म मृत शरीर सडे गलेको अवस्थामा पुगेर दुर्गन्ध फैलिएको थियो।
पक्राउ परेका सार्कीलाई कास्की जिल्ला अदालतबाट कर्तव्य ज्यान सम्बन्धी मुद्दामा छ दिनको म्याद थप गरी थप अनुसन्धान चलिरहेको छ।
कास्कीकै माछापुच्छ्रे गाउँपालिका–५ रिमान स्थायी घर भएको सार्की दम्पती करिब २० वर्षअघिदेखि पोखरा महानगरपालिका–२७ रिठ्ठेपानी शान्ति खहरे टोल स्थित सुकुम्वासी टोलमा अस्थायी छाप्रोमा बस्दै आएको थियो।
करिब ३५ वर्ष अगाडी पहिलो श्रीमतीले एक वर्षको छोरा छोडेर अन्तै विवाह गरेपछि जङ्गेले जमुनासँग दोस्रो विवाह गरेको प्रहरीले बताएको छ। श्रीमानले ज्यामी काम गर्ने र श्रीमतीले घरायसी काम गरेर न्यून स्तरको जीवनयापन गरी उनीहरू बस्दै आएको पनि कास्की प्रहरीले बताएको छ। पहिलो श्रीमतीतर्फको एक मात्र छोरालाई जमुनाले नै पालन पोषण गरी हुर्काएकी थिइन्। छोरा बुहारी भने हाल माछापुच्छ्रे गाउँपालिकाको रिमानमा नै बस्दै आएका छन्। थाहा खबर
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam