लामालाई बानियाँको आग्रह : छिटो मार्गप्रशस्त गर्नूस्
काठमाडौँ : नेपाली कांग्रेस बागमतीप्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले मुख्यमन्त्री बहादुरसिंह लामा तामाङलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गरेका छन्।
हालै संसदीय दलको नेतामा निर्वाचित भएका बानियाँले बिहीबार बिहान सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री लामालाई हठ त्यागेर मार्ग प्रशस्त गर्न आग्रह गरेका हुन्।
‘उहाँले संसदीय दलको नेताबाट विश्वास गुमाइसक्नु भएकाले नैतिकताका आधारमा मार्गप्रशस्त गर्नुपर्छ’, उनले भने। बानियाँले आफू र मुख्यमन्त्री लामाबीच मनमुटाव नरहेको दाबी गरे।
बुधबार सम्पन्न मतदानमा मुख्यमन्त्री लामालाई पराजित गर्दै बानियाँ संसदीय दलको नेता निर्वाचित भएका थिए। कुल ३७ जना सांसदमध्ये बानियाँले २२ र लामाले १४ मत पाए।
लामाले आफू संविधानको धारा १६८ (२) अनुसार नियुक्त भएको बताउँदै दलको नेता नभए पनि मुख्यमन्त्री पदमा रहन पाउने दाबी गरेका छन्। साथै संविधानमा दुई वर्षसम्म विश्वासको मतविरुद्ध प्रस्ताव ल्याउन नपाइने व्यवस्था रहेको भन्दै पद नछोड्ने अडान लिएका छन्।
बानियाँले भने लोकतान्त्रिक अभ्यासअनुसार लामाले राजीनामा दिनुपर्ने धारणा राख्दै आएका छन्। उनले दलको निर्णयानुसार आफू काँग्रेसको आधिकारिक नेता भइसकेको भन्दै लामाले पद नछोडे बिदाइ गर्ने बताएका छन्। थाहा खबर
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam