गृहपृष्ठसमाजआमरण अनशनरत नगरप्रमुख भट्टराईले आज १ बजे पत्रकार सम्मेलन गर्दै
काठमाडौं : खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख तीर्थराज भट्टराईले आज(शुक्रबार) पत्रकार सम्मेलन गर्ने भएका छन्। उनले अनिश्चितकालीन आमरण अनशनको तेस्रो दिन सम्म आइपुग्दा भए/गरिएका गतिविधि सार्वजनिक गर्नको लागि पत्रका सम्मेलन गर्न लागेका हुन्।
नगरपालिकाका प्रवक्ता दिनेश कुमार घिमिरेका अनुसार दिउँसो १ बजे माइतीघर मण्डलामा पत्रकार सम्मेलन गरिँदै छ। नगर प्रमुख भट्टराईले यही साउन ११ गतेदेखि काठमाडौँको माइतीघर मण्डलामा बाँदर लगायत अन्य वन्यजन्तुबाट कृषी तथा खाद्यान्न उत्पादनमा पुर्याएको क्षति, विश्वव्यापी जलवायु परिवर्तन, पर्यावरणीय संकट तथा बाँस, गाँजा लगायतका वनस्पतिको बिल्डिङ कोड र नम्स तयार गर्दै स्थानीय श्रोत साधनको समुचित उपयोगसँग सम्बन्धित ७ बुँदे माग सहित सत्याग्रहको घोषणा गरेका छन्।
‘उक्त सत्याग्रह १३ गतेको अवधि सम्ममा पनि नेपाल सरकारबाट सत्याग्रहका मागहरूलाई सम्बोधन गर्न औपचारिक रुपले कुनै गम्भीर चासो नदेखाए पछि सत्याग्रहको पूर्व घोषित दोस्रो चरणको कार्यक्रम अन्तर्गत नगर प्रमुखज्यूले १४ गतेदेखि काठमाडौंस्थित माइतीघर मण्डलामा अनिश्चितकालीन आमरण अनशन बस्ने घोषणा गर्नु भई अनशनरत अवस्थामा १४ गतेका दिन रातीबाट उहाँको स्वास्थ्यमा एक्कासी समस्या आई वीर अस्पतालमा भर्ना गरिएको छ,नगर प्रमुखज्यूले सत्याग्रहको घोषणा गर्नु भएको आज छैटौं दिन अर्थात् अनिश्चितकालीत आमरण अनशनको तेस्रो दिन सम्म आइपुग्दा भए/गरिएका गतिविधि सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्न लागिएको हो,’उनले भने। थाहा खबर
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam