शहरको सुविधा गाउँमै: अर्घाखाँचीमा खुलेको सगुन एग्रो रिसोर्ट

घनश्याम पौडेल

४२ वर्षीय अर्जुन पोख्रेलले १५ वर्षसम्म काठमाडौँमा लुम्बिनी तन्दुरी व्यवसाय सञ्चालन गरेपछि २ वर्षअगाडि गाउँ अर्घाखाँची पाणिनी फर्किए।

पाणिनी गाउँपालिकालाई धार्मिक तथा पर्यटकीय गन्तव्य बनाउन पोख्रेलको रिसोर्टले ठूलो योगदान पुर्याइरहेको छ।

रिसोर्टले ५० रोपनीमा धान खेती गरेको छ, सँगै गाई पालन, तरकारी खेती र स्थानीय मासु तथा माछा प्रयोग गरेर पाहुनाहरूलाई सेवा दिन्छ।

अर्घाखाँची, १७ साउन

१५ वर्षसम्म काठमाडौँमा लुम्बिनी तन्दुरी व्यवसाय सञ्चालन गरेका ४२ वर्षीय अर्जुन पोख्रेलले गाउँ फर्किने निधो गरे ।

२ वर्ष अगाडि काठमाडौँमा भएको व्यवसाय छोडेर गाउँमा भविष्य देखेपछि पोख्रेल करोड लगानी गरेर दुर्गाफाँटमा सगुन एग्रो रिसोर्ट सञ्चालन गरे ।

अर्घाखाँचीको सुपा देउराली पछि पाणिनि जिल्लाकै धार्मिक पर्यटकीय गन्तव्यको रूपमा विकसित हुँदै गएको छ ।
पाणिनिमा आएका पर्यटकहरू आनन्दले बस्न चाहेर पर्यटकले रिसोर्ट होटलको नाम गाउँवासीसँग सोधे भने उत्तर पाउँछन् सगुन एग्रो रिसोर्ट छ ।

सुबिधा सम्पन्न रिसोर्ट सञ्चालन गरेर पर्यटकको आकर्षक गन्तव्य बनाउन सकिन्छ भनेर कसैले कल्पना गरेका थिएनन् । तर, दुई दशकदेखि काठमाडौँमा व्यवसाय गर्दै आइरहेका पाणिनि गाउँपालिका वडा नं. १ पणेनाका अर्जुन पोख्रेललाई लाग्यो, रिसोर्ट खोल्न सकियो भने पाणिनि पर्यटकीय गन्तव्य बन्छ ।

एकातिर आफ्नै गाउँ–ठाउँमा केही गरौँ भन्ने हुटहुटी, अर्कोतिर पाणिनीमा पर्यटनको राम्रो सम्भावना पनि । काठमाडौँमा राम्रै चलिरहेको व्यवसाय र बसाइँलाई चटक्कै छाडेर दुर्गाफाँटमा जोखिम मोल्न कस्सिए उनी ।

उनले २ वर्षअघि दुर्गाफाँटमा १० रोपनी क्षेत्रफल जग्गा भाडामा लिई रिसोर्ट सञ्चालनमा ल्याए । रिसोर्ट एउटा पक्की घर जसमा बस्ने सुविधा छ, एटेज ननएटेज कोठाहरू छन्, अहिले ८ कोठाहरू १ हल छ, अब थप्ने १० कोठा र नयाँ हल बनाउन काम भइरहेको छ, पोख्रेलले भने ।

रिसोर्टमा विवाहका लागि मण्डपका साथमा पाहुनाहरू बस्न खरले छाएका स–साना कटेजहरू, मिटिङ हल पनि छ ।
अहिले अर्घाखाँचीमा आउने पर्यटकको क्षेत्र सुपा देउराली मात्रै होइन नरपानीमा पुगेर आनन्द लिने पनि हो ।

जिल्लामा भित्रिएका पर्यटकहरू अहिले पाणिनीमा पनि पुग्न लागेका छन् । हिमाल पहाड र तराई जोड्ने सालझण्डी–सन्धिखर्क–ढोरपाटन सड्कको स्तरोन्ततीसँगै पाणिनीबाट २ घण्टामै तराई पुग्न सकिने भएकाले पनि पाणिनीमा पर्यटक बढेका का छन् ।

आफनै उत्पादन, पाहुनाको रोजाई
रिसोर्टले ५० रोपनी क्षेत्रफल जग्गा भाडामा लिएर धान खेती उत्पादन गरेको छ । गत वर्ष १५० मुरी धान रिसोर्टमै फलाएको रिसोर्टले यो वर्ष पनि लोकल धान उत्पादन गरेको छ ।

रिसोर्टमा गाई पालन सँगै वरिपरिको ५ रोपनी क्षेत्रफलमा तरकारी खेती गरिएको छ, बेसीजन उत्पादन भएको तरकारी रिसोर्टमै प्रयोग गरिन्छ, पोख्रेलले थप गर्दै भने ‘रिसोर्टमा आउने पाहुनाहरूले लोकल माछा, लोकल बोका, खसीको मासु, लोकल कुखुरा लगायत पाइन्छ ।’

रिसोर्टमा काठमाडौँ, पोखरा, छिमेकी जिल्लाहरू सहित भारतबाट पनि पर्यटकहरू रिसोर्टमा आउने गरेको सञ्चालकले बताए । रिसोर्ट सञ्चालक पोख्रेल २०८० पुस १२ गते सन्धिखर्क जाने क्रममा कार दुर्घटनामा परे ।

काठमाडौँमा व्यवसाय छोड्न लागिसकेको अवस्था, पाणिनीमा रिसोर्ट भरखर सञ्चालन हुँदै गर्दा गम्भीर दुर्घटनामा परे । दुर्घटनापछि अर्घाखाँचीमा उपचार सम्भव नभएपछि हेलिकप्टर मार्फत उपचारका लागी काठमाडौँ पुगी ६ महिना अस्पताल बसाई पछि स्वास्थ्य सुधार भयो ।

६ महिनासम्म कर्मचारीकै भरमा रिसोर्ट सञ्चालन भईरहयो, थप व्यवस्थित हुन सकेन, नयाँ पुनः जन्म पाएको स्मरण गर्दै ६ महिनापछि फर्केर बिस्तारै रिसोर्ट सञ्चालनलाई गति लिने काममा पोख्रेल लागेका हुन् ।

पोख्रेल मात्र होइन उनको श्रीमती र छोराहरू पनि पाणिनीमै फर्किएका छन् । दूर्गाफाँटमा सञ्चालन भएको रिसोर्टले पाणिनी गाउँपालिकाले सञ्चालन गरेको क्यान्टिनको जिम्मेवारी पनि पाएको छ, पाणिनीमा नयाँ पाहुना आगमन हुँदा रिसोर्टमा बस्ने गर्छन् ।

TOP