‘लुम्बिनी धार्मिक र सांस्कृतिक पर्यटनको अपार सम्भावना बोकेको प्रदेश हाे’
रूपन्देही
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी धार्मिक र सांस्कृतिक पर्यटनका दृष्टिले अपार सम्भावना बोकेको प्रदेश भएको उल्लेख गर्दै भगवान बुद्धको जन्मभूमिसहित अन्य ऐतिहासिक, धार्मिक र प्राकृतिक सम्पदाले विदेशी पर्यटक आकर्षित गर्ने बलियो आधार तयार भएको बताएका छन् ।
श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेश धार्मिक पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेको बताएका हुन् । पर्यटनमैत्री पूर्वाधार, स्वच्छ वातावरण र आतिथ्यपूर्ण व्यवहारमा सबैको ध्यान आवश्यक रहेकोमा उनले विशेष जोड दिए ।
मुख्यमन्त्री आचार्यले कृष्ण जन्माष्टमी पर्वले बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक समाजलाई आपसी प्रेम, सहिष्णुता र सद्भावको सूत्रमा बाँध्दै आएको उल्लेख गरेका छन् ।
‘भाषा, धर्म, संस्कृति, परम्परा र रीतिरिवाज मात्र हाम्रो पहिचान नभइ सभ्यता र गौरवको आधार हुन्’ शुभकामना सन्देशमा भनिएको छ, ‘यसलाई जोगाउन सबैले आ–आफ्नो स्थानबाट राम्रो सोच, व्यवहार र कर्म गर्न आवश्यक छ ।’
मुख्यमन्त्री आचार्यका अनुसार प्रदेश सरकारले पर्यटन प्रवद्र्धन र संरक्षणका लागि विभिन्न योजना र कार्यक्रम अघि बढाइरहेको छ । प्रेम, मैत्री र सहिष्णुताको भावना बढाउन कृष्ण जन्माष्टमी जस्ता पर्वहरूको महत्वपूर्ण भूमिका रहेको स्मरण पनि उनले गरेका छन् । वैखरी
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
-
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
६० घण्टापछि माटोमुनिबाट जीवित भेटिइन् ६ वर्षीया मनिषा
भदौ १३, २०८३
रसुवा । भोटेकोसी बाढीमा बेपत्ता भएकी रसुवाको गोसाईकुण्ड गाउँपालिका–२, टिमुरेकी ६ वर्षीया बालिका मनिषा मगरलाई करिब ६० घण्टापछि जीवितै उद्धार गरिएको छ।…



ghanashyam