०८४ मा १९० सिट ल्याउने रास्वपा सांसद खनालको दाबी
काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले रास्वपाले २०८४ मा रास्वपाले १९० सिट ल्याउने दाबी गरेका छन्।
शनिवार काठमाडौँमा जडिबुटीमा मेलुङ शैलुङ-काठमाडौं सम्पर्क विभागले आयोजना गरेको बृहत् भेला तथा अन्तरसंवादलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन्। १९ जना सांसदले अहिलेका बाँकी सांसदहरूलाई चुनौती दिइरहेको भन्दै १९० जना सांसद आउँदा के अवस्था हुन्छ ? भन्दै प्रश्न गरे।
उनले आफूहरू सुशासनको पक्षमा रहेको पनि बताए। उनले संसद्मा नेपाली काँग्रेस र नेकपा एमालेका सांसदहरूको काम रास्वपाका सांसदलाई गाली गर्ने मात्रै भएको जिकिर गरे। रास्वपा प्रमुख प्रतिपक्ष दल नभए पनि प्रमुख प्रतिपक्ष दललाई झैँ आक्रमण भइरहेको बताए।
एमाले र काँग्रेसका नेताहरूले देशको बेथितिको कारण रास्वपा नै हो जस्तो गरेर गाली गर्ने गरेको बताए। सांसद खनालले एमाले र काँग्रेसले विदेशमा बसेर अर्बौं रुपैयाँ पठाउने हरेक मानिसलाई दोषी बनाउँदै विदेश जानु अपराध जस्तो गरिरहेको बताए। अहिले रास्वपाका कार्यवाहक सभापतिले ट्राभल एजेन्सी चलाएर टिकट बेचेछन्, टिकट किनेर मान्छे विदेश गएछन् भन्दै भ्रम फिँजाइरहेको उल्लेख गरे।
खनालले भने, ‘देशको सबै बेथितिको कारण रास्वपा नै हो जस्तो गरेर काँग्रेस, एमालेका नेताहरू हरेक दिन हामीलाई गाली वर्षाउनुहुन्छ। हाम्रो १९ जना देखेर मानिस डराएका होइनन्। १९ को सट्टा अब ०८४ मा १९० हुने भए भनेर ढ्यांग्रो पिट्न थाल्यो। १९० जना रास्वपाका सांसद प्रतिनिधिसभामा हुँदा के हुन्थ्यो होला।’
सांसद खनालले कार्यकर्ताहरूलाई विचलित नभई अघि बढ्न निर्देशन दिए। नेताहरूमाथि जति पनि आक्रमण हुन्छ त्यो नेताहरू सफल हुनुको मानक भएको जिकिर गरे। थाहा खबर
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…



ghanashyam