फूलैफूलको बगैँचामा हराउने रहर
पोखरा- झमझम दर्किरहेको बर्खेझरी । बर्खाको बेला झरीपछिको बाढी पहिरोले यात्रालाई रोक्ने सम्भावित दृश्य उनका आँखा वरपर फनफनी नाँचिरहे ।
आकाशको बादलजस्तै मनमा मडारिएको भयको बादलले म्याग्दीकी निर्मला कटुवाल क्षेत्रीको ढोरपाटनको बुकीपाटन यात्रालाई रोक्न सकेन । क्यामेराले कैद गरेर इन्टरनेटमा छ्यापछ्याप्ती बनाइएको ढोरपाटनका बुकीफूल र बुकीपाटनको मगमग वासनाले निर्मलालाई निम्ताइरहेको थियो ।
सामाजिक सञ्जालको पर्दामा देखेको मोहनि दृश्यले लोभ्याएपछि दर्किरहेको झरी, सडकको खाल्डाखुल्डी छिचोल्दै उनी निष्पट अध्याँरोमा ढोरपाटनको काखमा पुगेर सुस्ताइन् । वस्तीमा पिलिकपिलक गरिरहेका बिजुलीको चहक बाहेक उनले ढोरपाटन पुग्नेबेला अरु केही देख्न पाइनन् ।
भोलिपल्ट विहान आँखा खुल्नेवित्तिकै उनलाई तस्बिरमा देखेको ढोरपाटन प्रत्यक्ष नियाल्ने हतारो भयो । हत्तपत्त विस्तारा छाडेर होटलको बार्दलीबाट पहिलोपल्ट तस्बिरमा देखेको ढोरपाटनको फाँट आँखै अगाडि नियाल्दा उनलाई लाग्यो, ‘यो त कुनै चित्रकारले कोरेको विशाल क्यानभास नै होला ।’
‘हरियो पाटनमा राताम्मे हुने गरेर फूलेका बुकीफूलहरु । फूल विछ्याइको पाटनमा टहलिएका घोडा । माथि माथि आकाशमा देखिएका बादलका टुक्राहरु । चारैतिर हरिया डाँडाकाँडा । ओहो! प्रकृति सिंगारिएर कसैको पर्खाइमा छ’, निर्मलालाई महशुस भयो ।
ढोरपाटन उपत्यकाको दृश्य आँखाको क्यामेराले अन्तरहृदयमा सजाएर मात्रै उनको धित मरेको थिएन । ढोरपाटनको शीरमा रहेको जल्पातालसम्म पुगेर अझै धेरै दृश्यहरु दिल दिमागमा सजाउनु थियो उनलाई ।
झरी रोकिने सुरमा थिएन । झरीले निर्मलाको पदचाप रोक्ने सुरसार गरेन । झोका बोकेर फिरन्तेहरुको समूहमा निर्मलाको पदचाप जल्पातालको उकालोतर्फ लम्कियो । खोलाको कलकल धून, कुँईरोको लुकामारी, वतासको धून, थरीथरीका बुकीफूलसँग रम्दै पाँखाथर, गर्पाछेडा, फुस्रेदेउराली, टिकाधारा, फागुनेधूरी हँदै तेस्रो दिन उनी जल्पातालमा पुगिन् । जल्पाताललाई बागलुङको ढोरपाटन नगरपालिका–९ र रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका–५ मा दाबी गर्ने गरिन्छ ।
सुरम्य लाली पोतेर मधुमासमा मस्त जल्पातालले उनलाई मोहनी लगायो । यात्राको थकान जल्पातालको एकै झलकले हराइदियो । जल्पातालको दृश्य मनैभरी, आँखैरभरी सजाउदै ओरालो लागिन् । बुकीपाटन उक्लेको तेस्रो दिनको आधा रातमा उनी ढोरपाटनको पाखाथरमा ओर्लिन् ।
आँखामै नअटाउने बुकीपाटन, बुकीपाटनमा फुलेका थरीथरीका बुकीफूल, मनको रहरभन्दा अग्ला पहाड, भेडाका बथान, भेडीगाठालेको जीवन र सरलता उनको मगजमा गहिरो डोब बनेर बसेका छन् । वैखरी
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam