प्रधानमन्त्रीलाई निम्तो दिन आएका भारतीय विदेशसचिव आज फर्किँदै

काठमाडौँ : दुई दिने नेपाल भ्रमण सकाएर भारतीय विदेशसचिव विक्रम मिस्री सोमबार स्वदेश फर्किंदैछन्। आइतबार काठमाडौं अएका मिस्रीले आज पशुपतिनाथको दर्शन गरेर स्वदेश फर्किने तालिका रहेको नेपालस्थित भारतीय दूतावासले जनाएको छ।

मिस्रीले आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर भारत भ्रमणको औपचारिक निम्तो दिएका थिए। ओली प्रधानमन्त्री बनेको १४ महिनापछि भारतले भ्रमणको औपचारिक निम्तो पठाएको हो । यस्तै कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुुष्पकमल दाहाल प्रचण्ड, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र विदेश सचिव अमृतबहादुर राईसँग भेट गरेका थिए।

राणासँगको भेटका क्रममा उहाँले द्वीपक्षीय मुद्दाहरुको समीक्षा गर्नुभएको थियो । सचिव राईसँगको भेटमा द्विपक्षीय ‘कनेक्टिभिटी’, व्यापार र विकास सहयोगलगायत विस्तृत मुद्दामा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्र सचिव दोस्रोपटक नेपाल भ्रमणमा आएका हुन्। थाहा खबर

TOP