टस जितेर ब्याटिङ गर्दै नेपाल

काठमाडौं : टप इण्ड टी–२० सिरिजमा नेपालले चौथो खेलमा हर्बट हुरिकेन्ससँग टस जितेर ब्याटिङ गर्ने भएको छ।

नेपालका कप्तान रोहित पौडेलले अस्ट्रेलियाको डर्विन पामस्र्टनस्थित काजालिस मैदानमा टस जितेर ब्याटिङ गर्ने निर्णय लिएका हुन्। नेपालको प्लेइङ सेटमा आज ४ खेलाडी परिवर्तन रहेको छ।

दिपेन्द्र सिंह ऐरी, गुल्सन झा, सोमपाल कामी र साहब आलमको स्थानमा लोकेश बम, करण केसी, नन्दन यादव र रिजन ढकालले सरुवाति ११ मा स्थान बनाएका छन्। नेपालले लगातार ३ खेलमा हार बेहोरेपछि आज चौथो खेल खेल्दै छ। थाहा खबर

TOP