विपक्षी दलहरूको बैठक सिंहदरबारमा

काठमाडौं : सत्तारुढ दलहरू नेपाली कांग्रेस र नेकपा एमाले उपसभामुख इन्दिरा रानामगरलाई हटाउन लागिपरेपछि यसबारे साझा धारण बनाउन विपक्षी दलहरू जुटेका छन्। विपक्षमा रहेका दलहरूकाे बैठक सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दल कार्यालयमा बसिरहेकाे छ।

बैठकमा प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक सभापति डिपी अर्याललगायतका नेता सहभागी छन्। बैठकमा राप्रपा, एकीकृत समाजवादीलगायतका दलका नेताहरू पनि उपस्थित छन्। थाहा खबर

TOP