अहिले राज्यविरुद्ध विद्रोह गर्ने वेला होइनः सञ्चारमन्त्री गुरुङ

काठमाडौँ : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अहिले राज्यविरुद्ध विद्रोह गर्ने वेला नभएको बताएका छन्।

बुधवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। एकथरी मानिस अहिले पनि राज्यविरुद्ध द्रोह गरिरहेको भन्दै अहिले विद्रोह गर्ने समय नभएको बताए।

उनले नेपाल बहुभाषिक, बहुसांस्कृतिक, बहुजातीय मुलुक भएकाले सबैको प्रतिनिधित्व हुन नसक्ने भएकाले राष्ट्रपतीय प्रणालीमा नगएको बताए। राष्ट्रपतीय प्रणालीमा जाँदा प्रतिनिधित्वका लागि ठाउँ कम हुने भएकाले राष्ट्रपतीय प्रणालीमा नगएको उनको भनाइ छ।

अहिलेको शासन प्रणालीबाट आदिवासी जनजातिले लाभ लिन सक्नुपर्ने बताए। समतामूलक, समावेशी समाज निर्माण गर्न जरुरी रहेको बताए।

मन्त्री गुरुङले भने, ‘राष्ट्रपतीय प्रणालीमा गयो भने बहुभाषिक, बहुसांस्कृतिक, बहुजातीय मुलुकमा प्रतिनिधित्वमा धेरै समस्या पैदा हुन्छ। एकथरी मानिसहरू अहिले पनि राज्यको विरुद्धमा द्रोह गरिरहेकै देखिन्छ। आज राज्यको विरुद्धमा विद्रोह गर्ने समय होइन।’

मन्त्री गुरुङले आदिवासी जनजातिको छुट्टै मन्त्रालय हुनुपर्छ भनेर माग गरिरहेको भन्दै आज आदिवासी जनजाति प्रतिष्ठानका लागि केही बजेट छुट्याउन पनि हड्डीमा गिद्ध र कुकुर जस्तो झुन्डिनु परेको बताए। थाहा खबर

TOP