कृषि र शिक्षा समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेस

काठमाडौँ : प्रतिनिधिसभाको आजको बैठकमा दुईवटा समितिका प्रतिवेदन पेस गरिएका छन्।

सभामा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति कुसुमदेवी थापाले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गरिन्।

यसैगरी, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले ‘विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धी समितिको प्रतिवेदन’ पेस गरे।

दुवै प्रतिवेदन सम्बन्धित समितिले बिहीवार पारित गरेका थिए। बहुप्रतिक्षित शिक्षा विधेयकमा समितिले ६० अङ्क शिक्षक आफैँले दिन सक्नेगरी व्यवस्था गरिएको छ।

विद्यालयका कर्मचारीको तलब सम्बन्धित स्थानीय तहले बनाएको कानुनअनुसार हुनेगरी निर्धारण गरिएको छ।

यस्तो तलब सङ्घीय कानुनले तोकेको न्यूनतम् पारिश्रमिकभन्दा कम नहुने व्यवस्था मिलाइएको पनि सभापति थापाले जानकारी दिए। थाहा खबर

TOP