राजनीतिक दलहरू लुकामारी खेल्दैछन् : पूर्वप्रमुख निर्वाचन आयुक्त थपलिया

काठमाडौँ : पूर्वप्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले दलहरूले राजनीतिक दलसम्बन्धी कानूनको कार्यान्वयन गर्न नसकेको टिप्पणी गरेका छन्।

बुधवार काठमाडौँमा आयोजित ‘संविधान कार्यान्वयनको दश वर्षको समीक्षा, उपलब्धि, समस्या तथा चुनौती र सुझाव’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो टिप्पणी गरे।

राजनीतिक दलहरु ऐन विपरित लुकामारी खेलेजसरी चलिरहेको उनको आरोप छ। उनले राजनीतिक दलका केन्द्रिय पदाधिकारीले आफू निर्वाचित भएको ६० दिनभित्र आफ्नो सम्पती विवरण राजनीतिक दलको कार्यालयमा बुझाउनुपर्ने ऐनमा व्यवस्था भए पनि कुनै पनि दलले त्यसको कार्यान्वयन नगरेको उल्लेख गरे।

उनले आयोगलाई दलको कार्यालय छिर्ने अधिकार नभएकाले ऐन कार्यान्वयन गरे नगरेको अनुगमन गर्न पनि समस्या हुने गरेको बताए।

उनी राजनीतिक दलहरु नै ऐन विपरित चल्दा मुलुको विकास, सुशानस र संस्थागत उन्नतिका विषयमा गम्भीर असर परेको बताए। थाहा खबर

TOP