‘राष्ट्रिय निकुञ्जको समस्याका कारण १७ हजार भन्दा बढी मेगावाटका आयोजनाहरू समस्यामा’

काठमाडौं : स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था (इप्पान) का अध्यक्ष गणेश कार्कीले राष्ट्रिय निकुञ्जको समस्याका कारण १७ हजार भन्दाबढी मेगावाटका आयोजनाहरू समस्यामा परेको बताएका छन्।

बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले राष्ट्रिय निकुञ्जका कारण विद्युत क्षेत्रमा धेरै समस्या आइरहेको बताए। संसदले बनाएको ऐनअनुसार निजी क्षेत्रले लगानी गरेको तर सर्वोच्च अदालतले ऐन बाझियो भनेर रद्द गरिदिएको भन्दै वन क्षेत्रमा बन्न लागेका १७ हजार भन्दा बढी मेगावाटका योजनाहरू समस्यमा परेको बताए।

उक्त आयोजनाका लागि झन्डै दुई खर्ब भन्दा बढी लगानी भइसकेको भन्दै राजनीतिक दलहरूले एउटा निष्कर्ष निकाल्नुपर्ने बताए। अध्यक्ष कार्कीले विद्युत ऐन नेपाली जनताले लगानी गर्ने किसिमको आउनुपर्ने बताए। थाहा खबर

TOP