डडेल्धुरामा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु, ६ को अवस्था गम्भीर
डडेल्धुरा : डडेल्धुरामा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।
नवदुर्गा गाउँपालिका–५ को चौडको कच्ची सडक खण्डमा बिहीबार बिहान से १ ज ७३८ नम्बरको जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका निमित्त प्रमुख प्रहरी निरीक्षक डम्बर विष्टका अनुसार डडेल्धुरा सदरमुकामतर्फ आइरहेको जिप दुर्घटनामा परेको हो।
घटनास्थलमा भर्खरै प्रहरी टोली पुगेको विष्टले बताए। जिप सडकबाट करिब पाँच सय मिटर तल जंगलमा खसेको छ। सो स्थानमा अहिलेसम्म चार जनाको शव फेला परेको प्रहरी निरीक्षक विष्टले बताए।
मृतकको सनाखत हुन सकेको छैन । दुर्घटनाको कारण पनि खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । थाहा खबर
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…



ghanashyam