प्रधानमन्त्री ओली चीनमा, राष्ट्रपति सीसँग आजै भेट्ने


काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली शाङ्घाई सहयोग संगठन (एससिओ) को शिखर सम्मेलनमा भाग लिन शनिबार चीनको थियानजिन शहरमा पुगेका छन्।

मित्रराष्ट्र चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी स्थानीय समय अनुसार दिउँसो ३:१५ बजे हिमालय एयरलाइन्सनको विशेष विमानमार्फत थियानजिन विनहाइ अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका हुन्।

उनलाई चीन सरकारका उच्चाधिकारी र चीनका लागि नेपालका राजदूत डा कृष्णप्रसाद ओली, नेपालका लागि चीनका राजदूत चेन सोङलगायतले स्वागत गरेका थिए। २३ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन पुगेका प्रधानमन्त्रीले विभिन्न मुलुकका राष्ट्रप्रमुखसँग पनि भेट गर्नेछन्।

प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सि चिनफिङसँग भने आजै भेटवार्ता गर्ने तय भएको उनकाे सचिवालयले जनाएको छ ।थाहा खबर

TOP